'आवश्यक सेवा'मा हडताल निषेधको आदेश जारी गर्दै सरकार

पुस १७, २०८१

कान्तिपुर संवाददाता

Govt issuing order prohibiting strike in 'essential services'

काठमाडौँ — आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो ।

बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयमा गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय भएको हो । 'आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,' मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । 

आवश्यक सेवाअन्तर्गत के-के पर्छन् भन्ने उल्लेख गरिएको छैन । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार राजपत्रमा नै ती सेवाहरू तोकिने बताए । 'यो नियमित निर्णय हो । यो सूचना पत्येक ६-६ महिनामा जारी हुने गरेको छ,' उनले भने, 'नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकिएका सेवाहरू भन्ने ऐनको व्यवस्था छ । ऐनको व्यवस्थाबमोजिम निर्णय गरिएको हो ।'

कान्तिपुर

Link copied successfully