प्रतिनिधिसभा सचिवमा राई नियुक्त

पुस १६, २०८१

कान्तिपुर संवाददाता

Rai appointed as Secretary of the House of Representatives

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । 

नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा मंगलबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully