कान्तिपुरकर्मी सुरज कुँवर पुरस्कृत

पुस १६, २०८१

कान्तिपुर संवाददाता

Kantipur worker Suraj Kunwar awarded

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले २६औं वर्षगाँठको अवसरमा कान्तिपुरकर्मी सुरज कुँवरसहित ७ जना पत्रकारलाई मंगलबार पुरस्कृत गरेको छ ।

प्राधिकरणले हवाई सुरक्षा तथा नागरिक उड्ययन क्षेत्रमा प्राविधिक समाचारहरूलाई सरलीकृत गर्दै आम समुदायलाई सुसूचित गरी योगदान पुर्‍याएकोमा कान्तिपुरका उड्ययन संवाददातासहितलाई पुरस्कृत गरेको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत पत्रकारहरूलाई प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।

पुरस्कृत हुनेमा नयाँ पत्रिका दैनिकका संवाददाता नवीन अर्याल, अनलाइन विधाबाट अनलाइन खबरका अच्युत पुरी, बिजमाण्डु संवाददाता बसन्तराज उप्रेती, बिजनेस न्युजका उत्तम काप्री, सेतोपाटीकी सबिना कार्की र द एभरेस्ट न्युजका फुर्पा शेर्पा रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully