मकींपक्स पुष्टि भएका बिरामीको शरीरभरि ५० भन्दा बढी फोका

पुस १५, २०८१

प्रशान्त माली

More than 50 blisters all over the body in a patient with confirmed mumps

काठमाडौँ — आइतबार मकींपक्स पुष्टि भएका बिरामीको शरीरभरी ५० भन्दा बढी फोका उठेर प्रापा बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकहरूका अनुसार ती पुरुषको शरीरको भित्री अंगमा भने असर गरेको देखिएको छैन ।

छाला रोग विशेषज्ञ डा.सिवेन्द्रकुमार झाका अनुसार मकींपक्स पुष्टि भएका ती पुरुषको मृर्गौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगमा भने असर गरेको छैन । ‘अनुहार, छाती, हातखुट्टालगायत शरीरभरि सङ्क्रमण देखिएको छ,’ उनले भने, ‘छालाको दृष्टिकोणबाट हेर्दा संवेदनशील छ ।’

उनका अनुसार अस्ति देखिएको केस भन्दा यो जटिल छ । यसअघि गत पुस ५ गते साउदीबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा पनि मंकीपक्स पुष्टि भएको थियो ।

हाल मकींपक्स पुष्टि भएका सिन्धुलीका ४४ वर्षीय ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आइरहेका हुन् । मकींपक्स रोग लागेपछि साउदी अरबको अस्पतालमा विगत १७ दिनदेखि उपचारार्थ थिए । त्यहाँ राम्रो उपचार नपाएपछि उनी उपचारकै लागि नेपाल फर्केको छाला रोग विशेषज्ञ डा झाले बताए ।

शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनी साउदी अरबस्थित काम गर्ने कम्पनीबाटै टिकट बुकिङ गरेर दोहा हुँदै नेपाल आएका थिए ।

उनी विमानस्थलबाट सिधै स्वयम्भुस्थित आफन्तमा गए । भोलिपल्ट आइतबार उपचारका लागि सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पुगे । त्यहाँ शङ्का लागेर नमुना परीक्षण गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । बेलुका साढे ७ बजे आएको रिपोर्टमा मंकीपक्स पुष्टि भएको थियो । उनी यो भन्दा एक वर्ष अगाडि नेपाल आएका थिए ।

यसअघि मंकीपक्स पुष्टि भएका तनहुँका ३६ वर्षीय एक पुरुषको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

प्रशान्त

Link copied successfully