प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Recommendation of Harkaraj Rai as Secretary of the House of Representatives

काठमाडौँ — प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी-२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully