कैलालीबाटै चुनाव लड्ने आरजुको उद्घोष

पुस १३, २०८१

अर्जुन शाह

Arju's declaration that he will contest the election from Kailali

धनगढी — परराष्ट्रमन्त्री एवं कांग्रेस नेता आरजु राणा देउवाले कैलालीबाटै चुनाव लड्ने बताएकी छिन् । शनिबार धनगढी आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले चुनाव लड्ने प्रसंगमा उक्त कुरा बताएकी हुन् ।

‘पहिला पनि यही क्षेत्रबाट चुनाव लडेको थिएँ, केही कारणले हारियो होला ।  फेरि पनि यही आएर चुनाव लड्ने मेरो विचार छ,’ उनले भनिन् ।

यसअघि धनगढी क्षेत्रबाट उम्मेदवार भएपनि निर्वाचनमा पराजित भएकी थिइन् । उनले पार्टी पंक्ति एक ढिक्का हुनुपर्नेमा जोड दिएकी छिन् । राजनीति व्यक्तिगत लाभका लागि गर्न नहुने उनको भनाइ थियो । ‘सानोसानो बच्चा जस्तो झगडा गरिरहेका छौं हामी,’ उनले भनिन्, ‘यस्तो कुरा राजनीतिक चरित्र होइन ।’

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully