रास्वपाद्वारा सुदूरपश्चिमका नौ जिल्लामा पार्टी अध्यक्ष चयन

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Election of party president in nine districts of Far West by RSVP

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषराज जोशीले जानकारी दिएका छन् ।

जिल्लाहरूमा भेला आयोजना गरेर समिति गठन गरिएको जोशीले जानकारी दिए । विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरूको नेतृत्वमा जिल्ला समिति गठन भएको उनले जानकारी दिए । 

जोशीका अनुसार कैलाली जिल्लाको अध्यक्षमा महेशकुमार चौधरी चयन भएका छन् । त्यस्तै, दार्चुलाको अध्यक्षमा गोपालसिंह कोट्टारी, बाजुराको अध्यक्षमा नवराज जैशी, अछामको अध्यक्षमा आमेप्रकाश रावल, बझाङको अध्यक्षमा सत्यराज उपाध्याय, डोटीको अध्यक्षमा केशव बलायर, डडेल्धुराको अध्यक्षमा सुरेन्द्र अवस्थी, बैतडीको अध्यक्षमा भीम नाथ र कञ्चनपुरको अध्यक्षमा पदमबहादुर विष्ट चयन भएका छन् । 

अध्यक्षहरूसँगै जिल्ला समिति पनि गठन गरिएको जोशीले जानकारी दिए । रास्वपाले पछिल्लो समय संगठन बिस्तारका क्रममा जिल्ला सम्मेलन गर्दै आएको छ । 

कान्तिपुर

Link copied successfully