एमालेबाट रावल निष्कासित, पाण्डे र तिम्सिना निलम्बित

पुस १०, २०८१

कान्तिपुर संवाददाता

Rawal expelled from UML, Pandey and Timsina suspended

काठमाडौँ — नेकपा एमालेले नेताहरू भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले रावललाई साधारण सदस्यबाट समेत निष्कासन गरेको हो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको हो । 

व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन एमालेले दान लिएको विषयलाई आलोचना गरेको र त्यसप्रति असहमति जनाउँदै सामाजिक संजालमा उल्लेख गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।

उनीहरूलाई कात्तिक ४ मा स्पष्टीकरण सोधिएको थियो । पाण्डे र तिम्सिनाले कात्तिक १२ मा स्पष्टीकरण दिँदै ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउने निर्णय गलत भएको टिप्पणी गर्नु कारबाहीको विषय नभएको’ बताएका थिए । एमालेमा निष्क्रिय रहेका रावलले भने स्पष्टीकरण नै दिएका थिएनन् । 

कान्तिपुर संवाददाता

Link copied successfully