राप्रपाले ल्यायो सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 

सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री श्यर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नपाउने

पुस ९, २०८१

कान्तिपुर संवाददाता

RPP has introduced social network operation and management procedure

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरूका लागि सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी गरेको छ ।

राप्रपाले जारी गरेको कार्यविधिमा पार्टीका सदस्यले प्रतिस्पर्धी पार्टी व्यक्ति वा समूहले श्यर गरेको सामग्री श्यर, लाइक र रिट्विट गर्न नहुने उल्लेख छ । साथै नकारात्मक शब्द, भाव, प्रतिक्रियात्मक फोटो पोस्ट गर्न नहुने पनि कार्यविधिमा उल्लेख छ ।

कार्यविधिको परिच्छेद ३ (१०'ग') मा भनिएको छ, 'सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री श्यर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन ।' सदस्यले पार्टीको सदस्य वा अन्त्य कुनै व्यक्ति, समाज, समुदाय, लिङ्ग, वर्ण र समुदायप्रति पनि द्वेष फैलाउनेगरी सामग्री सम्प्रेषण गर्न नहुने कार्यविधिमा उल्लेख छ । सदस्यले कार्यविधिविपरीत हुने गरी सामाजिक सञ्जाल उपयोग गरेमा दफा १५ वा १६ बमोजिम अनुशासनको कारबाही हुन सक्ने पनि राप्रपाले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully