डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Tuladhar appointed ambassador to Denmark

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully