सुदूरपश्चिम र मधेस प्रदेशका मुख्यमन्त्री पनि त्रिवि मैदानमा

पुस ६, २०८१

अर्जुन शाह

The Chief Ministers of Sudurpaschim and Madhes provinces are also at the university grounds

धनगढी — एनपीएल क्रिकेटअन्तर्गत शनिबार जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस‍्बीचको फाइनल खेलमा आफ्नो प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न सुदूरपश्चिम र मधेस प्रदेशका मुख्यमन्त्रीहरू त्रिवि क्रिकेट मैदानमा पुगेका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह,  सामाजिक विकास मन्त्री मेघराज खड्का, पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवालगायतका नेताहरू शनिबार त्रिवि क्रिकेट मैदान रंगशालामा पुगेका हुन् । 

सुदूरपश्चिमबाटै प्रतिनिधिसभा सदस्य रहेका गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारीलगायतका नेताहरूका साथ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि खेल अवलोकन गर्न मैदान पुगेका छन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully