प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्दै काठमाडौं महानगर

स्वाभाविक प्रक्रिया बाइपास गरेर काठमाडौं टावरको नक्सा पास गरेको पाइयो : प्रवक्ता मानन्धर

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Kathmandu Metropolis investigating Chief Administrative Officer Guragai

काठमाडौँ — काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । आधिकारिक प्रकिया पूरा नगरी नक्सा पास गरेको भन्दै महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन अगाडि बढाउने भएको हो । 

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नियमित प्रक्रियाभन्दा बाहिर गएर महत्त्वपूर्ण ठाउँको नक्सा पास गरेका कारण उनीमाथि छानबिन अगाडि बढाइएको बताए । 'स्वाभाविक प्रक्रियालाई बाइपास गरेर उहाँले काठमाडौं टावरको नक्सा पास गरेको पाइयो । उहाँले तीन दिनअघि उक्त भवनको नक्सा पास गर्नु भएको रहेछ । त्यसैले उहाँ नै यसको आधिकारिक व्यक्ति हो कि उहाँभन्दा माथि अरु कोही पनि छ कि भनेर हामीले छानबिन अगाडि बढाएका हौँ,' उनले भने ।

नक्सा पास तत्काललाई कार्यान्वयन नगर्न भनेर सम्बन्धित व्यक्तिलाई समेत जानकारी गराइसकेको प्रवक्ता मानन्धरले बताए । 

कान्तिपुर

Link copied successfully