स्टन्ट र प्रोपोगाण्डाबाट उदाएकाहरू त्यसकै दुरुपयोगबाट विस्थापित हुँदैछन् : महासचिव पोखरेल

पुस ४, २०८१

कान्तिपुर संवाददाता

Those who emerged from stunts and propaganda are being displaced by the same misuse: General Secretary Pokharel

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् ।

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन्,' पोखरेलले लेखेका छन् । 

कान्तिपुर

Link copied successfully