हिरासतभित्र रहेका रविको फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन 

पुस ४, २०८१

कान्तिपुर संवाददाता

Home Minister's directive to take action against publishing the photo of Ravi who is in custody

काठमाडौँ — हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् । 

सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्विर कसरी बाहिर आयो भन्ने प्रश्न सुरु भएको थियो । गृहमन्त्री लेखकले यो घटनाबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत चासो राखेका थिए । गृहमन्त्रीले भने, ‘यो घटनाबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिइसकेको छु ।’ 

कान्तिपुर

Link copied successfully