काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय गठन गरेको छ । मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो ।
अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन भएको उपाध्यक्ष वेदुराम भुसालले जानकारी दिए । उपाध्यक्ष भुसालका अनुसार अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका नेता समेटेर केन्द्रीय सचिवालय बनाइएको हो ।
को-को छन् सचिवालयमा ?
