आफैंले उत्पादन गरेको ‘युनिफर्म’ मा नेकपाको केन्द्रीय समिति बैठक

पुस १, २०८१

कान्तिपुर संवाददाता

CPN central committee meeting in self-produced uniform

काठमाडौँ — नेक्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति बैठकमा सबै सदस्यहरू ‘युनिफर्म’ देखिएका छन् ।

कपिलवस्तुको शिवगढीमा जारी बैठकमा १४५ जना केन्द्रीय सदस्य आफ्नै गार्मेन्टमा तयार भएकाे  कालो कोट पाइन्ट र कमिज लगाएर आगामी कार्यक्रम तय गर्न जुटेका हुन् ।

शिवगढीमा केन्द्रीय कार्यालयमा स्थापना भएको गार्मेन्टमा सिलाएका युनिफर्म उपलब्ध गराइएको नेता सुदर्शन मंगोलले बताए । ‘नेताहरूको पोसाकमा एकरूपता देखियोस् भनेर आफ्नै गार्मेन्टमा उत्पादन भएका कपडा लगाएका हौं,’ उनले भने, ‘कपडा किनेर आफ्नै उद्योगले सिलाउँदा सस्तो र राम्रो पनि हुने भयो ।’

CPN central committee meeting in self-produced uniformनेकपाले केन्द्रीय कार्यालय रहेको शिवगढीमा करिब १० लाख  लगानीमा गार्मेन्ट स्थापना गरेको छ । काठमाडौंको कपुरधारामा पनि पार्टीले अर्को गार्मेन्ट स्थापना गरी पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक पर्ने कोट, पाइन्ट, कमिज र ट्रयाक सुट सिलाउँदै आएको मंगोलले बताए । अहिले पार्टीका नेता कार्यकर्ताका लागि कपडा उत्पादन गरे पनि केही समयपछि भने व्यावसायिक रूपमै उत्पादन थाल्ने तयारी रहेको नेता मंगोलले बताए । 

CPN central committee meeting in self-produced uniformनेकपाले हिमाल, पहाड र तराईमा गरी १ सय २० बिघा जमिनमा खेती लगाएको जनाएको छ । नेकपाले खेती लगाउने मौसममा सबै केन्द्रीय सदस्यहरू एक महिना अरु राजनीतिक कार्यक्रम बन्द गरेर उत्पादमा केन्द्रित भइरहेको उसको भनाइ छ । नेकपाले आत्मनिर्भर नीतिअनुसार उत्पादनमा जाेड दि‌ँदै आएकाे छ ।

कान्तिपुर

Link copied successfully