जसपा नेपाल बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Review of local level by-elections at JSP Nepal meeting

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा भएको छ ।

अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा  केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा उपनिर्वाचनमा उपनिर्वाचनमा जसपाले पाएको जनमतबारे समीक्षा भएको छ ।

चार महिना अघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को समीक्षा र यस अभियानको प्रभावकारी निरन्तरता दिनेबारे बैठकको प्रमुख प्रस्ताव रहेको छ ।

संगठन बिस्तारका लागि भएको अभियान जनस्तरमा प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा जारी राख्ने तयारी जसपाले गरेको छ ।

पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे बैठकमा छलफल हुने बताइएको छ ।
स्थानीय तह उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदबारी दिएको जसपाले मधेश प्रदेशका दुई वडा अध्यक्षमा विजयी भएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।

कान्तिपुर

Link copied successfully