माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी 

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Maoist Standing Committee meeting continued in Parisdanda

काठमाडौँ — माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

बैठकले पुस २ देखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकमा दाहालले आगामी कार्यदिशा समेटिएको प्रतिवेदन पेस गर्ने छन् । 

यही मंसिर १६ गतेको स्थानीय तहको उपनिर्वाचनमा अपेक्षित परिणाम आएपछि उत्साहित बनेको माओवादीले जनतासँग जोडिने कार्यक्रम बनाउने तयारी गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully