काठमाडौँ — नेकपा एकीकृत समाजवादीकाले लामो समयसम्म हुन नसकेको केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने भएको छ ।
स्थायी कमिटीको शुक्रबार बसेको बैठकले साउनमा केन्द्रीय समितिले पूर्णता पाए पनि सदस्यले जिम्मेवारी पाएका छैनन् । बैठकले केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएर जिल्ला खटाउने तयारी गरेकाे छ ।
समाजवादी प्रचार विभागका अनुसार केन्द्रीय सदस्यहरूको कार्य विभाजनसहित कार्ययोजना बनाउँदैछ । एक सदस्यका अनुसार स्थानीय तह उपनिर्वाचको समीक्षा गर्दै कार्ययोजना बनाएर मतदातासँग लक्षित कार्यक्रम बनाउँदैछ ।
‘पार्टीलाई जनतासँग जोडिने गरी कार्ययोजना बनाउन लागेको हो,’ समाजवादीले बताएको छ ।
