साइबर अपराधको मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश

प्रसाईंलाई संगठित अपराधको मुद्दामा पनि प्रहरीले अनुसन्धान गरिरहेकाले उनी प्रहरी हिरासत बाहिर भने आउने छैनन्

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

Durga Prasai granted bail in cyber crime case

काठमाडौँ — विवादास्पद व्यापारी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा धरौटीमा छोड्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । प्रसाईंलाई ४० हजार धरौटीमा छौड्न आदेश भएको शर्माले बताए ।

प्रसाईंलाई संगठित अपराधको मुद्दामा पनि प्रहरीले अनुसन्धान गरिरहेकाले उनी प्रहरी हिरासत बाहिर भने आउने छैनन् ।

संगठित अपराधमा अनुसन्धान गर्नका लागि प्रसाईंलाई हिरासतमा राख्न अदालतले यसअघि नै म्याद दिएको छ ।

कान्तिपुर

Link copied successfully