कान्तिपुर वेबसाईट
Advertisement
Advertisement
NMA

ऊर्जामन्त्री खड्काविरुद्धको उजुरी सांसदलाई बाँडियो, स्काउटबाट थप कागजात माग

मंसिर २५, २०८१
Complaints against Energy Minister Khadka distributed to MPs, more documents requested from Scout

Kantipur Events

nma-music-quiz
nma-free-ticket

Grab a
Free Ticket

Note: Get a chance to win a free ticket to the National Music Award !

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काविरुद्ध नेपाल स्काउटले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा दर्ता गरेको उजुरी सांसदहरूलाई वितरण गरिएको छ ।

खड्का सञ्चालक रहेको खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले भवन र जग्गा उपयोग गरेबापत ५ करोड रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको भन्दै स्काउटले राज्यव्यवस्था समितिमा २०८० माघ १४ मा निवेदन दर्ता गरेको थियो ।

राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा ऊर्जामन्त्री खड्काका सम्बन्धमा आएको उजुरी सदस्यहरूलाई वितरण गरिएको हो । समिति सभापति रामहरि खतिवडाले मन्त्री खड्काविरुद्ध स्काउटले दायर गरेको उजुरी सांसदहरूलाई वितरण गरिएको जानकारी दिए । उक्त उजुरी दर्ता भएको १० महिनापछि समिति सदस्यहरूलाई वितरण गरिएको हो ।

समिति सभापति खतिवडाले स्काउटको जग्गा खड्काको कम्पनीले उपयोग गरेको र भाडा नतिरेको सम्बन्धमा भए गरेका कागजात माग गरिएको बताएका छन् । स्काउटलाई बुधबारसम्म थप कागजात मागिएको खतिवडाले बताए । 'अहिलेसम्म खड्काको कम्पनीले कति पैसा तिर्न बाँकी छ ? मुद्दाको अवस्था के छ ? ब्याज तिर्न कति बाँकी छ ? लगायतका विषयमा बुधबारसम्म कागजात बुझाउन स्काउटसँग माग गरिएको छ,' राज्य व्यवस्था समितिका सभापति खतिवडाले भने ।

सम्बन्धित समाचार

Hope IVF
Global IME Updated May 12
Sunrise bank

प्रकाशित : मंसिर २५, २०८१ १६:४०
×