अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

US Assistant Secretary of State Donald Lu in Kathmandu

काठमाडौँ — अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आएका छन् । तीनदिने भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आइतबार काठमाडौं ओर्लिएका हुन् । भारत र श्रीलंकाको भ्रमणपछि उनी नेपाल आएका हुन् । 

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार काठमाडौं रहँदा सहायक विदेशमन्त्री लूले नेपाली नेताहरूका साथै नागरिक समाजसँग समेत  अन्तरक्रिया गर्नेछन् ।

उनको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले युवाहरूसँग पनि साक्षात्कार गर्नेछन् ।

कान्तिपुर

Link copied successfully