प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

UML called a secretariat meeting to discuss the Prime Minister's visit to China

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमालेले मंसिर २५ गते सचिवालय बैठक बोलाएको हो । 

एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए । 

अधिकारीका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री ओली मंसिर १७ देखि २० गतेसम्म चार दिने चीन भ्रमणमा गएका थिए । त्यस्तै, स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा सम्पन्न भएको थियो । उक्त निर्वाचनमा एमाले तेस्रो बनेको थियो ।

एमाले सचिवालय बैंठक ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । 

कान्तिपुर

Link copied successfully