माओवादी र नेसपा निकट शिक्षक संगठनबीच एकता घोषणा

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Declaration of unity between Maoist and NESP close teacher organization

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी (नेसपा)निकट शिक्षक समाजबीच एकता घोषणा भएको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै संगठनबीच एकता भएको घोषणा गरिएको हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएको बताइएको छ । 

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरेका हुन् । 

कार्यक्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको हो । 

कान्तिपुर

Link copied successfully