काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक मंगलबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले यही मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिएका हुन् ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।
