भुटानी राजा स्वदेश फिर्ता

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Bhutanese king returns home

काठमाडौँ — अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्केका छन्  । उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन् । 

आज बिहान काठमाडौँ आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए  । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका थिए ।

कान्तिपुर

Link copied successfully