भुटानी नरेश काठमाडौँमा

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Bhutanese king in Kathmandu

काठमाडौँ — भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्  । 

भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् । उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully