बयान सकिएपछि लामिछानेलाई पाेखरा लगियाे

मंसिर २०, २०८१

रमेशकुमार पौडेल

After the statement, Lamichhane was taken away

चितवन — सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई आज बिहानै पाेखरा लगिएकाे छ ।

लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर हिजाे बुधबार राति नाै बजेसम्म बयान लिइएकाे थियाे ।

आज बिहानै उनलाई पाेखरा पठाइएकाे चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गाैतम मिश्रले जानकारी दिए । लामिछानेलाई कात्तिक दुईमा कास्की प्रहरीले पक्राउ गरेकाे थियाे ।

सहकारी प्रकरणमा बारेमा बयानका लागि लामिछानेलाई रूपन्देही र काठामाडाैं पनि लगिएकाे छ । यसै विषयमा अनुसन्धान गर्न पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरिसकेकाे छ  ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully