माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि चीन भ्रमणमा

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Maoist Senior Vice President Shrestha also visited China

काठमाडौँ — माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बुधबार चीन भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणमा रहेकै बेला श्रेष्ठ पनि चीन गएका हुन् ।

सांघाईमा हुने दक्षिण एसियासम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी चीन गएको निजी सचिवालयले जनाएको छ ।

‘पहिले नै तय भएको कार्यक्रममा सहभागी हुन चीन जानु भएको हो,’ सचिवालयका एक सदस्यले भने, ‘भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।’

कान्तिपुर

Link copied successfully