प्रधानमन्त्री ओलीले दिए चिनियाँ समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli invited his Chinese counterpart Li Qiang to visit Nepal

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । बेइजिङमा सोमबार भएको भेटवार्ताका दौरानमा प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री लीलाई नेपाल आउन निम्तो दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद ढकालले जानकारी दिए ।

जवाफमा चिनियाँ प्रधानमन्त्री लीले आफू नेपाल भ्रमणमा आउन इच्छुक रहेको र अनुकूल समय मिलाएर आउने जवाफ दिएका थिए ।

चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्रीका साथै राष्ट्रपति सी चिनफिङ र राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाव लेजीसँग पनि भेटवार्ता गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully