नेपाल र चीनबीच ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर [सूचीसहित]

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Nepal and China agree on 9 points and sign memorandum of understanding [with list]

बेइजिङ — नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो । 

नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।  

उक्त द्विपक्षीय भेटवार्तामा सहभागीसमेत रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले भने, 'यो द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ ।'

यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी

कान्तिपुर

Link copied successfully