काठमाडौँ — चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ ।
मंगलबार अपराह्न उनीहरूबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको हो ।
चारदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले यसअघि चिनियाँ प्रधानमन्त्री ली छ्याङ र राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए ।
