बेइजिङ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले नेपाल–चीन बीचको कूटनीतिक सम्बन्धको ७० वर्षको उपलक्ष्यमा सन् २०२५ मा राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमणको निम्तो दिनुभयो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद ढकालले भने ।
उनले राष्ट्रपति सीले नेपाल भ्रमणको निम्तो दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए । साथै, सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने पनि उल्लेख गरे ।
