अमेरिका, जर्मनी, साउदी अरब र अस्ट्रेलियाका लागि नियुक्त नेपाली राजदूतले लिए शपथ

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

Appointed Nepalese Ambassadors to America, Germany, Saudi Arabia and Australia took oath

काठमाडौँ — विभिन्न देशमा नियुक्त भएका राजदूतहरूले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासका आयोजित एक कार्यक्रमबीच नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले राजदूतका रूपमा शपथ लिएका हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully