रामेछाप जिप दुर्घटना : मृतक ४ जनाको मात्रै सनाखत

जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

मंसिर १४, २०८१

केदार शिवाकोटी

Ramechhap Jeep accident: Only 4 dead identified

काठमाडौँ — रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडा भीरनजिकै जिरो किलोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

काठमाडौंबाट गोकुलगंगा गाउँपालिका-४ बेताली जाँदै गरेको  ना १ ज ७१२३ नम्बरको जिप दुर्घटना हुँदा  गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय  रामचन्द्र  बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक  प्रदीपकुमार सिंहले जानकारी दिए । 

यस्तै दुर्घटनामा सोही गाउँपालिका-५ की ३० वर्षीया कविता कार्की खड्का र उनकी ७ वर्षीया छोरी स्वस्तिका खड्का, उक्त गाडीका चालक मन्थली नगरपालिका-१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटना परी मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन  नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही गाउँपालिका-४ बेतालीकी २७ वर्षीय सरस्वती कार्की, नाम नखुलेका ४ वर्षीय बालक र कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धार गरेर उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको छ । उक्त जिप अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ ।

केदार

Link copied successfully