काठमाडौँ — जसपा नेपालले प्रतिनिधि सभाका सभाका पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएको छ ।
उपाध्यक्ष राजकिशोर यादवले शोक वक्तव्य जारी गर्दै २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख ८३ वर्षिय दमननाथ ढुंगानाको असामयिक निधनले जनता समाजवादी पार्टी, नेपाललाई अत्यन्तै दुःखी बनाएको उल्लेख गरेका छन् ।
'नेपालमा संसदीय अभ्यासको प्रवर्द्धन, मानव अधिकारको रक्षा र शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउनु भएका स्व. ढुंगानाको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ । स्व. ढुंगानाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकको यस दुःखद घडीमा उहाँको शोकसन्तप्त परिवारप्रति धैर्य धारणको कामना गर्दै हार्दिक समवेदना अर्पण गर्दछौं' शोक वक्तव्यमा छ ।
