सिंगापुर पठाइदिने भन्दै ठगेर फरार रहेका दुई नेपाली कम्बोडियाबाट पक्राउ, अनुसन्धानका लागि नेपाल ल्याइयो

कार्तिक १९, २०८१

कान्तिपुर संवाददाता

Two Nepalis, who were on the run after being tricked into sending them to Singapore, were arrested from Cambodia and brought to Nepal for investigation

काठमाडौँ — वैदेशिक रोजगारी ठगीको मुद्दामा फरार भई इन्टरपोलको खोजी सूचीमा रहेका सिन्धुपाल्चोक माङ्खाकी विनु शाक्य र उदयपुर त्रियुगाका सुजन आचार्य कम्बोडियाबाट पक्राउ परेका छन् ।

इन्टरपोलको रेड नोटिसमा परेका दुवै जनालाई कम्बोडियामा पक्राउ गरी कानुनी कारबाहीका लागि नेपाल ल्याइएको हो । कम्बोडिया सरकारले दुवैजनालाई नेपाल पठाएको हो । नेपाल प्रहरीले शाक्य र आचार्यको खोजीका लागि इन्टरपोल र कम्बोडिया प्रहरीसँग अनुरोध गरेको थियो । त्यसपछि कम्बोडिया प्रहरीले शाक्यलाई पक्राउ गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालयले शाक्यलाई र आचार्यलाई कात्तिक नौ मा नेपाल ल्याइएको जनाएको छ ।

दुवै जनालाई कम्बोडियास्थित इन्टरपोल न्होम्पेनको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । आचार्य  शाक्यले शाक्यले वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनेर ४० जना भन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोग छ ।

दुवै जनाविरुद्ध २०८० माघ १९ मा इन्टरपोलले रेड नोटिस जारी गरी खोजीकार्य अघि बढाएको थियो । त्यसपछि इन्टरपोलका सदस्यराष्ट्रका प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेकामा दुवैजना कम्बोडियाबाट पक्राउ परेका हुन् । दुवैजना असोज १ मा पक्राउ परेपनि कानुनी प्रक्रिया पूरा गर्दा नेपाल ल्याउन केही ढिलाई भएको थियो ।

नेपालमा विभिन्न जिल्लाका युवालाईआकर्षक वैदेशिक रोजगारी दिलाइदिन सिंगापुर पठाउने भन्दै मोटो रकम असुलेर उनीहरु फरार भएका थिए । आफूहरु रकम बुझाएर पनि विदेश जान नपाएपछि पीडित युवाहरुले प्रहरीमा उजुरी दिएका थिए ।

कान्तिपुर

Link copied successfully