वनमन्त्री शाही सीबीडी कोप–१६ मा सहभागी हुन कोलम्बियातर्फ

कार्तिक ११, २०८१

कान्तिपुर संवाददाता

Forest Minister to Colombia to participate in Royal CBD COP-16

काठमाडौँ — वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी जैविक विविधता महासन्धिसम्बन्धी १६औं अन्तर्राष्ट्रिय सम्मेलन (सीबीडी कोप–१६) मा भाग लिन कोलम्बिया प्रस्थान गरेका छन् ।

मन्त्री शाही वन तथा वातावरण मन्त्रीस्तरीय बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जानकारी दिएको छ । 

कोलम्बियाको काली सहरमा कात्तिक १० देखि १५ गतेसम्म हुने सीबीडी कोप–१६ सम्मेलनमा मन्त्री शाहीले सोमबार र मंगलबार हुने उच्चस्तरीय छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

मन्त्री शाहीले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयक छलफललाई सम्बोधन गर्नेछन् । उनी कात्तिक १७ मा स्वदेश फर्किने मन्त्रालयले जानकारी दिएको छ ।

कोप-२९

कान्तिपुर

Link copied successfully