कांग्रेस महामन्त्री थापा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

A meeting between Congress General Minister Thapa and BJP's foreign affairs chief Chathaiwale

काठमाडौँ — नेपाल कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

एसियन क्लाइमेट समिटमा भाग लिन दिल्ली पुगेका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो । भेटमा पार्टी-पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी हुनुका साथै दुवै देशको कूटनीतिक सम्बन्धलाई अझै कसरी बलियो बनाउने भन्ने छलफल भएको थियो ।

भेटबारे महामन्त्री थापाले दुई देशको सम्बन्ध र द्विदेशीय हितका विषयमा कुराकानी भएको जनाएका छन् ।

कान्तिपुर

Link copied successfully