उद्योग र भूमि व्यवस्थापन विभागका महानिर्देशकसहित ४० सहसचिवको सरूवा [सूची]

कार्तिक ५, २०८१

कान्तिपुर संवाददाता

Transfer of 40 Joint Secretaries including Director General of Industries and Land Management Department [List]

काठमाडौँ —  सरकारले एकसाथ ४० जना सहसचिवहरुको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग र भूमि व्यवस्थापन विभागका महानिर्देशक र प्रदेश सचिवहरू हेरफेर गरेको हो ।

सरकारले उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरूवा गरेको छ । राष्ट्रिय समावेशी आयोगको सचिवमा बलराम निरौलालाई खटाएको छ । 

त्यस्तै, सहसचिवहरू डिलाराम पन्थी, रामकुमार महत्तो, जयकुमार घिमिरे, राजेन्द्रदेव पाण्डे, बाबुराम भण्डारी, बद्रीनाथ अधिकारी, रुद्रप्रसाद पण्डित, बेदप्रसाद भण्डारी, दामोदर गौतम, विनयकुमार कर्ण, शरणकुमार पाण्डे, विष्णु भण्डारी, इन्द्रदेव भट्ट, इश्वरचन्द्र मरहट्टा, सुरतकुमार बम, प्रेमकुमार सिंह र अणप्रसाद न्यौपानेलाई विभिन्न प्रदेशअन्तर्गत प्रदेश सचिवकारूपमा खटाएको छ ।  

कान्तिपुर

Link copied successfully