सहकारीपीडितको डुबेको रकम फिर्ता गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

आश्विन १५, २०८१

कान्तिपुर संवाददाता

The government is serious about returning the sunk money of the cooperative victims: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीपीडितको डुबेको रकम फिर्ता कसरी गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । 

सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको रकम केहीले अपचलन गरिसकेकाले डुबेको रकम फिर्ता गराउने भन्नेमा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

'सहकारी पीडितकव ठडुबेको रकम फिर्ता हिनुपर्छ । अब कसले त्यो बेला पैसा लियो चम्किइ चम्किइ खायो  खाएको त फिर्ता कसरी बनाउने भन्नेमा ध्ययन भइरहेको छ' प्रधानमन्त्री ओलीले भने,'सहकारी पीडितका समस्या समाधान गर्न सरकार धेरै गम्भीर छ । यो समाधान गर्ने र कसरी सहि समाधान हुन्छ ।' उनले उल्फाको धन... जसरी छर्रा हाने जसरी केही सहकारीको रकम उडाएक उल्लेख गरे ।

' त्यो रकम फिर्ता हुनै नसक्ने अवस्था पनि हुनसक्छ त्यसैले कति रकम असुल उपर गर्न सकिन्छ  त्यसबारे कानुन के छ त्यो दायराभित्र बसेर सरकारले काम गर्छ' उनले भने ।

कान्तिपुर

Link copied successfully