प्रधानमन्त्री ओलीलाई भेटे चिनियाँ विदेशमन्त्री वाङले

आश्विन १०, २०८१

कान्तिपुर संवाददाता

Chinese Foreign Minister Wang met Prime Minister Oli

न्यूयोर्क — चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङले साइडलाइन भेटवार्ता गरेका हुन् ।

 उक्त अवसरमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए । प्रधानमन्त्री ओलीले भेटवार्ता फलदायी रहेको उल्लेख गरेका छन् ।

उक्त अवसरमा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको न्यूयोर्कस्थित राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगले जनाएको छ । उनीहरुबीच पञ्चशीलका सिद्धान्तको कुरा गर्दै शान्तिपूर्ण रुपमा सहअस्तित्वको सम्बन्धमा पनि छलफल भएको थियो ।

कान्तिपुर

Link copied successfully