अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

आश्विन ५, २०८१

कान्तिपुर संवाददाता

UML should become a decisive force from the next election: Former President Bhandari

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपश्चात् एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् ।शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन् ।

उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताइन् ।

आगामी निर्वाचनसम्म एमालले फाउन्डेसनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रहसमेत गरिन् । उनले भनिन्, ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । वाम आन्दोलनका तर्फबाट पनि हो । सबैले प्रमुख अतिथि भनेर बोलाउनुपर्ने भएको छ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरुमा प्रमुख अतिथि बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रममा पार्टीका नेताहरु जानुहुन्छ । सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनूस् । त्यो भएपछि मैले पालो पाउने भएँ ।' 

उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको बताइन् । उनले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको बताइन् ।

- न्यूज एजेन्सी नेपाल

कान्तिपुर

Link copied successfully