कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बालिका करणीका आरोपित कुलेश्वरबाट पक्राउ

भाद्र २०, २०८१

काठमाडौँ — बालिका करणी आरोपमा काठमाडौंको कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षीय पुरुष पक्राउ परेका छन् ।

बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आरोपित पुरुषलाई बिहीबार पक्राउ गरिएको हो ।

पीडित बालिका विगत ६ वर्षदेखि उक्त पुरुषको घरमा घरेलु कामदारका रुपमा बस्दै आएकी र तीन वर्षदेखि जबर्जस्ती करणी गरिरहेको बताएकी छन् । बालिका अहिले १७ वर्षकी छिन् ।

महानगरका प्रमुख बालेन्द्र साहका सचिवालय सदस्य धीरज जोशीले आरोपित व्यक्तिलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको जानकारी दिए ।

काठमाडौं महानगरले तीन पुस्ते नातागोता बाहेकका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरूको अवस्था अध्ययन गरिरहेको छ । सोही क्रममा महानगरद्वारा परिचालन गरिएको प्रशिक्षार्थी विद्यार्थीद्वारा प्राप्त भएको विवरणका आधारमा ती बालिकाको अवस्थाबारे महानगरले थाहा पाएको हो ।

प्रकाशित : भाद्र २०, २०८१ १९:५५
x
×