कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौं : प्रस्तावित राजदूत ढकाल

भाद्र १९, २०८१
नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौं : प्रस्तावित राजदूत ढकाल

काठमाडौँ — साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालले आफू राजदूत नियुक्त भए नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्ने बताएका छन् ।

बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै ढकालले मस्यौदा समेत तयार भइसकेको अवस्था रहेको भन्दै मस्यौदालाई अन्तिम रुप दिएर सम्झौता पुनरावलोकन गर्न भूमिका खेल्ने उल्लेख गरे ।

‘उच्चस्तरीय भ्रमण भएको छैन । साउदी अरबबाट मात्र होइन नेपालबाट पनि दोहोरो उच्चस्तरको भ्रमण गराउने मेरो पहिलो योजनामा राखेको छु । मेरो तर्फबाट मैले वार्ता, छलफल गर्ने र निमन्त्रणा आदान–प्रदान गर्ने काम गर्दछु । जसले गर्दा दुई देशको सम्बन्धले उचाई कायम गर्नेछ । हाम्रा ४ लाख नेपालीहरु हुनुहुन्छ । उहाँहरुका लागि लामो समयदेखि श्रम सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने अवस्था छ । किनकी बजारको वर्क भ्यालु धेरै बढिसकेको छ । यद्यपी पुराना स्केलमा काम गर्नु परिरहेको छ' ढकालले भने,'त्यसैले यो सम्झौतालाई मैले धेरै महत्वका साथ लिनेछु र त्यहाँ रहँदा साउदी अरबको सरकारसँग नेपाल सरकारसँग अनिवार्य रुपमा गर्नुपर्ने खालको, उच्च महत्व दिनुपर्ने छ । यसका लागि ड्राफ्टहरु तयार गरिएका पनि छन् । त्यसलाई फाइनल कसरी गर्न सकिन्छ ? त्यसमा मेरो भूमिका रहनेछ ।'

उनले साउदी अरबमा रहेका ४ लाख नेपालीहरुले पुरानै स्केल अनुसार काम गरिरहनु परेको अवस्था रहेकाले बजारको नयाँ अवस्था अनुरुप श्रम सम्झौता हुनुपर्नेमा जोड दिए ।

‘उच्चस्तरीय भ्रमण भएको छैन । साउदी अरबबाट मात्र होइन नेपालबाट पनि दोहोरो उच्चस्तरको भ्रमण गराउने मेरो पहिलो योजनामा राखेको छु । मेरो तर्फबाट मैले वार्ता, छलफल गर्ने र निमन्त्रणा आदान–प्रदान गर्ने काम गर्दछु । जसले गर्दा दुई देशको सम्बन्धले उचाई कायम गर्नेछ । हाम्रा ४ लाख नेपालीहरु हुनुहुन्छ । उहाँहरुका लागि लामो समयदेखि श्रम सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने अवस्था छ । किनकी बजारको वर्क भ्यालु धेरै बढिसकेको छ । यद्यपी पुराना स्केलमा काम गर्नु परिरहेको छ' उनल‍े भने ।

प्रकाशित : भाद्र १९, २०८१ १७:२९
x
×