कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालमा अब फेरि अराजकता र हिंसाको राजनीति सम्भव छैन : प्रधानमन्त्री ओली

भाद्र १५, २०८१
नेपालमा अब फेरि अराजकता र हिंसाको राजनीति सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताएका छन् ।

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले श्रीलंका वा बंगलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहालले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गरे । उनले नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको दाबी गरे ।

'नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन,' प्रधानमन्त्री ओलीले भने, 'हामीलाई सिक भनेर चर्काे स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छुु–नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।'

माओवादीको ‘अन्धधुन्ध’ हिंसात्मक गतिविधि चलेका बेला आफूले हिंसाको चर्काे विरोध गरेको र राजनीतिक समाधानका लागि वार्ताको पनि पहल गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुुनीरुपमा रोक्ने बताए ।

प्रकाशित : भाद्र १५, २०८१ १७:२९
x
×