कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नुवाकोट कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिने छ : गृहमन्त्री लेखक 

भाद्र १५, २०८१
नुवाकोट कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिने छ : गृहमन्त्री लेखक 

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले नुवाकोटमा नवनिर्मित केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभई उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् । शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारकाे उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताए । 

'गृह मन्त्रालयले निर्धारण गरेकाे १० वटा काममध्ये नुवाकोटमा रहेको कारागार सञ्चालन सय दिनमा गर्ने काममध्येकाे एक हाे। यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्नेछाैँ। यहाँ प्रशस्त जाग्गा छ, ' गृहमन्त्री लेखकले भने, 'त्यसकाे उपयोग गर्ने हाे । कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाए यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइने छ । यसले कैदीबन्दीकाे आर्थिक उपार्जन हुन्छ भने त्याे समान बाहिर लगेर बिक्री गर्दा याे ठाउँकाे पनि आर्थिक विकास हुन्छ ।'

उनले कारागारमा ठूलाे संख्यामा मान्छे बस्ने भन्दै त्यसले यहाँकाे आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे । 'यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ । यसले यहाँकाे आर्थिक विकास हुन्छ,' गृहमन्त्री लेखकले भने ।

कारागारमा बस्ने कैदीबन्दीकाे पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलाे कारागार बनाइएकाे उनको भनाइ थियाे । 'अहिलेकाे सरकार लाेकतन्त्र, विधिकाे शासन र मानव अधिकारमा प्रतिबद्ध छ । संक्रमणकालीन न्याय सम्बन्ध कानुन बनाउँदा पनि हामीले मानवअधिकारकाे कुरालाई प्राथमिकता दिँदा आज कानुन पारित हुँदा संसारले स्वागत गरेकाे छ । त्यसले वर्तमान सरकार मानवअधिकारकाे विषय प्रतिबद्ध छ,' उनले भने ।

२८ हजार कैदीबन्दी रहेकामा १२-१३ हजार क्षमताकाे कारागार मात्र रहेका भन्दै अब कैदीबन्दीकाे चाप घढ्ने गृहमन्त्री लेखकले बताए । 'अत्यन्त कम भाैतिक संरचनामा कैदीबन्दी राख्नु परेकाे छ । याे जटिलतालाई सम्बाेधन गर्न तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील काेइराला नेतृत्वको सरकारले नुवाकोटमा ७ हजार कैदीबन्दी अटाउने कारागार निर्माणकाे याेजना बनायाे । अब कैदीबन्दीकाे चाप घट्ने छ,' उनले भने।

कार्यक्रम केन्द्रीय कारागार विभागका महानिर्देशक जयनारायण आचार्यले कैदीबन्दीकाे सबै खालका अधिकार सुरक्षित हुने गरी कारागार बनेकाे बताए । उनले अन्य देशका लागि पनि नेपालकाे याे कारागार व्यवस्थापन नमुना बन्न सक्ने बताए ।

उनका अनुसार कारागारमा २५,१४ र ८ जना राख्ने गरी काठकाे व्यवस्था गरिएकाे छ । शुक्रबार कारागारमा १५० जना कैदीबन्दी सारिएकाे थियाे । काठमाडौं उपत्यकाकाे केन्द्रीय कारागारबाट ५ सय जना कैदीबन्दीलाई यहाँ ल्याइने उनले बताए ।

प्रकाशित : भाद्र १५, २०८१ १७:१९
x
×