कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सरकारलाई सांसद पौडेलको प्रश्न - विद्युत् प्राधिकरणलाई टोकेर के गर्न खोजेको ?

भाद्र १३, २०८१
सरकारलाई सांसद पौडेलको प्रश्न - विद्युत् प्राधिकरणलाई टोकेर के गर्न खोजेको ?

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणले राम्रो काम गरेको भन्दै यसमाथि पूर्वाग्रही नहुन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले विद्युत् प्राधिकरणले लोडसेडिङको अन्त्य गर्दै दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गर्न सफल भएको बताए ।

सांसद पौडेलले प्राधिकरणले राम्रो काम गर्दागर्दै वर्तमान सरकारले निरन्तर टोकेको भन्दै के गर्न खोजेको हो भन्ने स्पष्ट पार्न आग्रह गरे । उनले नेपाल एयरलाइन्सको चारवटा जहाज ग्राउण्डेड भएको भन्दै त्यतातिर ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

‘अहिलेको डाटा हेर्नुभयो भने विद्युत् प्राधिकरणले दैनिक १३ करोड ११ लाखको विद्युत् निर्यात गरेको छ । लोडसेडिङ अन्त्यको घोषणा गरेको छ । कुनै दूरदराजमा पुग्न बाँकी रहेको होला । यसैमाथि आज पनि टोकेको छ । भोलि पनि टोकेको छ । पर्सि पनि टोकेको छ । के गर्न खोज्नुभएको हो ?,' पौडेलले भने, 'म भन्न चाहन्छु, ध्यान नेपाल वायुसेवा निगमतिर जाओस् । चारवटा जहाज ग्राउण्डेड भइसकेका छन् । ८ हजार ८०० यात्रुहरु अलपत्र परेका छन् । यतातिर सरकारलाई ध्यानाकर्षण गराउनु होला । दुरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभुवन विश्वविद्यालयका अस्तिका झमेलाहरु सुधार्नका निम्ति प्रधानमन्त्रीलाई सुझाव दिनुस् । एउटा संस्थाले राम्रो काम गर्‍यो भने त्यसैमाथि फर्किएको छ । कुराकानी गरेको छ । के गर्न खोज्नुभएको ? केही नगरिकन बक्यौता उठाउनको निम्ति अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले दूरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभूवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : भाद्र १३, २०८१ १६:४७
x
×