कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब कसका कारणले उठेन भन्नेबारे छानबिन गरौँ : बाँस्कोटा

भाद्र १३, २०८१
डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब कसका कारणले उठेन भन्नेबारे छानबिन गरौँ : बाँस्कोटा

काठमाडौँ — नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौता रकम नउठाइएको विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम २२ अर्ब रुपैयाँ भएको भन्दै सबै रकम उठाउनुपर्ने बताए । उनले सार्वजनिक लेखा समितिको निष्कर्ष पनि २२ अर्ब रुपैयाँ नै उठाउनुपर्छ भन्ने रहेको बताए ।

उनले भने, ‘लेखा समितिको निष्कर्ष के हो भने २२ अर्ब रुपैयाँ महालेखा परीक्षकले बेरुजु देखाएको छ । त्यो पैसा उठ्नुपर्छ । हामीले भनेको त्यही हो । त्यो पैसा उठाउने जिम्मेवारी जसको छ, त्यो पैसा किन उठेन भनेर हामीले भनेको हो । पैसा उठाउने जिम्मेवारी लिएकोले पनि उठाएको देखिदैन । उठाउन खोजेनन् माफियाहरुको संरक्षण गर्न खोजे भनेर भन्ने प्रतिपक्षी दलको नेताले पनि दुईवटा पत्र लेखेर उठाउनु पर्दैन भन्नुभयो । त्यसो भए हामीले सोध्नुपर्‍यो माफियासँगको संरक्षण कसको पालामा कसरी भएको रहेछ ? किन रहेछ ? अब हामी सोध्छौँ । लेखा समितिले पुग्दैन भने संसद्‌बाट एउटा शक्तिशाली छानविन समिति गठन गरियोस् । किन २२ अर्ब रुपैयाँ उठेन ? कसका कारणले उठेन ? कसले पत्र लेखेर रोक्यो ? त्यसबारे छानबिन गरौँ ।'

उनले सार्वजनिक लेखा समितिले त्यसबारे प्रश्न उठाएपछि सार्वजनिक लेखा समितिको सभापति नै फेर्न प्रयास भइरहेको बताए ।सांसद बाँस्कोटाले वर्तमान सरकारप्रति जनताको आशा र विश्वास बढ्दो रहेको बताए ।

प्रकाशित : भाद्र १३, २०८१ १५:५६
x
×