कान्तिपुर वेबसाईट
Advertisement
Advertisement
NMA

एमाले सांसद भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

भाद्र १२, २०८१
Speaker's direction to investigate the words spoken by UML MP Bhattarai

Kantipur Events

nma-music-quiz
nma-free-ticket

Grab a
Free Ticket

Note: Get a chance to win a free ticket to the National Music Award !

काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् । 

भट्टराईले बोल्ने क्रममा सांसद भट्टराईले माओवादीले संचालन गरेको 'हिंसा'का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । भट्टराईले माओवादी सांसदहरूले बोलिरहेका बेला पनि उक्त शब्द प्रयोग गरेका थिए । पाण्डेले भने, 'नियमको उलंघन भइरहेको छ, यो संसद्को नियमावलीको २६ मा नियमापत्तिको विषय छ । यहाँ न त दिइएको समयको पालन गरिएको छ न त संवैधानिक र नियमावलीका भाषा पालन गरिएको छ । यहाँ प्रयोग भएको भाषा संविधान, नियमावलीअनुसार प्रयोग भइरहेको छैन । त्यसकारण हिंसा शब्दलाई रेकर्डबाट हटाउन माग गर्दछु ।'

त्यसपछि सभामुख घिमिरेले भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्नका लागि निर्देशन दिएका थिए । त्यसपछि पनि एमालेका सांसद भट्टराई र रघुजी पन्तलगायतले उक्त शब्द दोहोर्‍याएका थिए । माओवादीले भने एमालेका शब्द र व्यवहारको विरोध गरेको थियो ।

भट्टराईले भने माओवादीका प्रमुख सचेतकले नियमापत्तिका लागि समय माग्दा पनि माओवादीले विगतमा हिंसा गरेको भन्दै पटक-पटक दोहोर्‍याएका थिए ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

प्रकाशित : भाद्र १२, २०८१ १४:४०
×